धनकुटा । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एवम् ५ औं धनकुटा महोत्सवको तयारी पूरा भएको छ ।
महोत्सव आयोजक धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवमा थप २ वटा स्टल थपिएर अब १ सय ८२ स्टल रहने बताए । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिहरु पनि रहेने जनाईएको छ । पत्रकार सम्मेलनमा संघका पदाधिकारी सहित सञ्चारकर्मीहरको उपस्थिती थियो ।


187 पटक हेरिएको 












