काठमाडौं । माघ ७ गते शनिबार उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ।
ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए। बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ।
उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन्।


115 पटक हेरिएको 












