राष्ट्रिय जनमुक्ति पार्टीले मनायो ३२ औं स्थापना दिवस

पथरी । राष्ट्रिय जनमुक्ति पार्टीले ३२ औं स्थापना दिवस मनाएको छ । शुक्रबार पार्टी स्थापित रुपन्देही, काठमाण्डौंलगायत जिल्लाहरुमा दिवस मनाउँदै शुभकामना आदनप्रदान गरेका छन् । स्थापना दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले प्रतिपक्ष नभएको मुलुकमा सुशासन, इमान्दारिता र पारदर्शीता नहुने भएको हुनाले मुलुकले संकट व्यहोर्नुपर्ने अवस्था आएको बताउँदै त्यसको विरुद्धमा साना दल एक हुनु बाहेक अर्को विकल्प नभएको बताएका छन् ।
जनमुक्ति अर्जुनधारा झापाले आयोजना गरेको कार्यक्रममा महिला नेतृ मीना पन्धाकले मुलुकमा रहेका नश्लियत चिन्तन बोकेका दलहरु २०७९ को निर्वाचनपछि एक भएर देशलाई संकटको दिसामा धकल्दै आदिवासी जनजाति, महिला उत्पीडनका मुद्दालाई ओझेलमा पारेको बताइन् । ३२ औं स्थापना दिवसको उद्घाटन गर्दै केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङले आदिवासीको साहित्यबाट मुलुकलाई अगाडि बढाउन आदिवासी जनजातिहरु अग्रगतिमा आउन आह्वान गरे ।
नगर अध्यक्ष राज खम्बूको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश अध्यक्ष पर्शुराम मगर, उपाध्यक्ष तिलसिंह माङ्मु, सचिव कृष्णकुमार थेवे, भरतसिंह राई, महेन्द्र इङ्नाम लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन भने खड्ग चेम्जोङले गरेका थिए ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीको ३२ औं स्थापना दिवस सुनसरीमा पनि मनाइयो। पार्टी संघीय महासभा सदस्य खड्ग सेन्चुरीको हस्तबाहुलीबाट केक काटेर उदघाटन गरिएको स्थापना दिवस पार्टी सुनसरी जिल्ला अध्यक्ष विवेक राईको अध्यक्षता एबम पार्टी जिल्ला सचिव सिताराम राईको सन्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार