काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । उनले भने, ‘‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्वपूणर् काम गरेको थिएँ। विदेशमा रहेका नेपालीहरूको वीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धि लगायत महत्वपूणर् काम भएका थिए। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु।’’
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो। व्यवसाय संवेदनशील भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने उनको जोड थियो ।


135 पटक हेरिएको 












