कर्मचारी बलियो बनाएको खण्डमा देश बलियो बन्ने: प्रदेश प्रमुख खापुङ

 129 पटक हेरिएको

बिराटनगर । १ नम्बर प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कर्मचारीलाई बलियो बनाएको खण्डमा देश बलियो बन्ने बताएका छ्न ।
प्रदेश लोक सेवा आयोथको तेश्रो वार्षिक उत्सव कायर्कक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सो कुरा बताएका हुन । प्रदेश लोक सेवा आयोग संघीयताको मूल मर्मलाई आत्मसाथ गर्ने महत्पूर्ण अङ्ग रहेको पनि प्रदेश प्रमुख खापुङले बताए ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चुनौतीहरुसँगै अगाडि बढ्ने तयारीका साथ प्रदेश संरचनालाई जनताले देख्न सक्ने बनाउने तयारीमा जुटेको बताए । मुख्यमन्त्री कार्कीले यो चुनौतीको विषय पनि रहेकाले यसलाई सामना गर्दै अवसरमा परिणत गर्न सक्ने विश्वास आफूले लिएको जनाए । कार्यक्रममा प्रदेश लोक सेवा आयोगको स्मारिका पनि विमोचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार