विराटनगर । विहिबार विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा विविएसले भानु कलेजलाई ५–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । विविएसका म्यान अफ द म्याच सेमन्त थापार राहुल चौधरीले २–२ थोल तथा दिल्लीराम थारुले १ गोल गरे ।
दोस्रो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले बुढीगंगााको जेभिर्यस् कलेजलाई २–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । उर्लाबारीको म्यान अफ द म्याच आकाश गौतम र सहिल खडकाले १–१ गोल गरे ।
तेस्रो खेलमा कोशी क्याम्पसले अर्किड कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरीमा खेले पछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पहिलो हापको १५ औ मिनेटमा अर्किडका जुनियर सावाले गोल गर्दै अग्रता लिएका थिए पहिलो हाममा १–० गोलले पछि रहेको कोशीले खेल सकिन २ मिनेट बाकी रहेको अवस्थामा गोल गर्दै बराबरी गरेपछि निर्धारित समियमा १–१ बाराबरी भएको थियो । खेलको म्यान अफ द म्याच कोशीको धिरजकुमार गुप्ता घोषित भए ।


139 पटक हेरिएको 









