सकियो दलित लक्षित कार्यक्रम

पथरी । दलित सेवा संघ नगर समितिको आयोजनामा सञ्चालित दलित लक्षित कार्यक्रम शुक्रबार सकिएको छ । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरमा दलित लक्षित कार्यक्रमको आयोजना गरी आफ्नो संस्कृति संरक्षणमा जुटेकोमा खुशी व्यक्त गरे । संघले नगर प्रमुख तुम्वापोलाई सम्मान पनि गरेको थियो ।
संघका अध्यक्ष रामप्रसाद परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, कार्यपालिका सदस्यहरु, वडा नं. १ का अध्यक्ष भीमकुमार राई लगायतको आतिथ्यता रहेको थियो । संघले नगरपालिकामा निर्वाचित नगर प्रमुख तुम्बापोलगायत जनप्रतिनिधिहरुलाई विशेष सम्मान पनि गरेको थियो । कार्यक्रम संघका नगर सचिव कुवेरमान घतानीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार