विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको अन्तर्गतको खेल क्रिकेटमा कोशी क्याम्पस र कान्तिपुर कलेज फाइनलमा पुगेको छ ।
शनिबार वैजनाथपुरमा भएको क्रिकेटको पहिलो खेलमा अर्किड कलेजलाई ६ विकेटले पराजित गर्दै कोशी क्याम्पस फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १६ ओभरको खेलमा १५ ओभरमा सवै विकेट ६५ रनको योगफल तयार पारेको थियो । जस्मा महमद सवाजुलले १८ रनको योगदान दिए । कोशीका म्यान अफ द म्याच रमेश यादवले ५ विकेट लिए । जवाफमा ६६ रनको लक्ष्य पछ्याएको कोशीले ११ दशमलव २ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष पार गरेको थियो । जस्मा अमित राँयले २२ रनको योगदान दिए ।अर्किडका महमद सवाजुल, रुपेश बास्तोला र यस्वराज मगरले १–१.विकेट लिए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई ४ विकेटले पराजित गदै फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोेले निर्धारित २० ओभरको खेलमा १६ दशमलव १ बलमा सवै विकेट गुमाई ७३ रनको योगफल खडा गरेको थियो । जस्मा सागर मोचीले २४ रन बनाउँदा अंकित मण्डलले २३ रन जोडे । कान्तिपुरका म्यान अफ द म्याच राज वर्माले ४ विकेट लिँदा मनिष मण्डलले २ विकेट विकेट लिए । जवाफमा ७४ रनको योगफल पछ्याएको कान्तीपुरले १७ दशमलव २ बल खेल्दै ६ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जस्मा भोला सेठले २८ रन बनाउँदा नवराज संग्रोलाले १२ जोडे । अरनिकोका सुप्रिम बस्नेतले २ विकेट लिए ।


107 पटक हेरिएको 








