पथरी । संघीय समाजबादी खेलकुद महासंघ नेपालले नेपाल कराते महासंघ गठन भएको प्रति विमत्ति जनाएको छ । माघ १२ गते राष्ट्यि खेलकुद परिषद्का सदस्य सचिब टंकलाल घिसिङको समन्वयमा पूर्व सदस्य सचिब युवराज लामाको नेतृत्वमा २१ सदस्यीय कराते महासंघ गठन भएको थियो । भौगोलिक संरचनाअनुसार सहभागिता नगराएको, लैंगिक समावेशिता नगराएको, क्रियाशिल योग्य खेलाडी कोचको मर्म नबुझी परिषद्को ऐन, नियमावलीको विपरीत सीमित पहुँच र आसेपासेलाई मात्र समितिमा राखेको महासंघले आपत्ति जनाएको छ । परिषद्लाई सच्याउन आग्रह गरेको छ । महासंघका अध्यक्ष नेत्रबहादुुर नेम्वाङले विज्ञप्ती जारी गर्दै लामा नेतृत्वको कराते महासंघलाई परिषद्ले नसच्चाए न्यायीय लडाई लडने चेतावनी दिएका छन् ।


110 पटक हेरिएको 












