बिराटनगर । “समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मूल मर्म” नारा का साथ प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस मनाएको छ । आइतबार प्रेस चौतारी मोरङ्ले स्वर्गिय कृष्ण प्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारबाट दिनेश सुब्बा र जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट तेजेन्द्र भण्डारीलाई सम्मान गरेको छ ।
आज प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदेश १ का १३ वटै जिल्लामा विशेष कार्यक्रम गरिरहेको छ । हिजो झापा चौतारीले दिवस मनाएको छ ।
झापामा मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको कार्यक्रममा ६ जना पत्रकारलाई सम्मान गरियो । मुख्यमन्त्री कार्कीले प्रदेशमा पत्रकारको सुरक्षाका लागि अरु प्रदेशको तुलनामा उदाहरणीय काम गर्ने प्रतिबद्धता जनाए ।‘विगतमा गरिएका राम्रा कामलाई निरन्तरता दिइनेछ । पत्रकारको हितमा यसै वर्ष कानून ल्याइनेछ । सञ्चार प्रतिष्ठान गठन गर्न पनि प्रक्रिया थाल्नेछु’, उनले आश्वस्त पारे ।
आइतबार पर्ने चौतारीको २५औं वार्षिकोत्सवअन्तर्गत प्रदेशका सबै जिल्लामा २० जनाभन्दा बढी अग्रज पत्रकारलाई सम्मान गरिने केन्द्रीय सचिव एवं प्रदेश १ का इन्चार्ज विक्रम लुइँटेलले बताए ।


117 पटक हेरिएको 












