लर्ड बुद्धद्वारा चौंथो वक्तृत्वकला प्रतियोगिता

पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.पथरी शनिश्चरेको आयोजनामा भएको चौंथो अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चन्द्रकिरातेश्वर माध्यमिक विद्यालयकी छात्रा निवा चेम्जोङ प्रथम भएकी छिन् । संस्थाले आफ्नो स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको पथरी शनिश्चरे नगरपालिकाभरिका विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा न्यू पेगोडा ईङ्लिस वोर्डिङ स्कुलका छात्र भविन्द्र अधिकारी द्वितीय, रेडस्टार आवासीय माध्यमिक विद्यालयकी छात्रा मोनिका आचार्य तृतीय, मोरङ मेरीगोल्ड अंग्रेजी हाईस्कुलका छात्र समिर कार्की र पञ्चायत माध्यमिक विद्यालयकी छात्रा गंगा भण्डारी सान्तवना भएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौला र कोषाध्यक्ष डि.वि.थापाले निणर्ायकको भूमिका निर्वाह गरेको प्रतियोगितामा नगरका १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
वर्तमान आर्थिक संकट व्यवस्थापनमा सहकारीको भूमिका विषयमा आयोजना गरिएको प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्तवनालाई क्रमशः रू.३,५००।-, रू.२,५००।-, रू.१,५००।- र रू.५००।- सहित प्रमाण पत्र तथा विद्यालयहरूलाई प्रशंसा पत्र प्रदान गरिनेछ । पुरस्कार तथा प्रशंसा पत्र संस्थाको माघ २५ गते हुन गईरहेको २१ औं स्थापना दिवस समारोहको अवसरमा प्रदान गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार