एड्भान्स र बेसिक सिलाइ कटाई तालिमको सुरु

पथरी । मोरङ पथरीशनिश्चरे ५ र ६ एक महिने एड्भान्स सिलाइकटाई तालिम सुरु भएको छ ।
धिमाल माहाराज थान हसहन्दमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगर उपप्रमुख देवीमाया काफ्लेको उदघाटन गरिन् । कार्यक्रममा बोल्दै उपप्रमुख काफ्ले, नागरिकलाई उद्यमशीलताको माध्यमबाट स्वरोजगार बनाउन तालिम सञ्चालन गरेको बताइन् । सीप सिकेर आत्मानिर्भर बन्न नागरिकहरूलाई उद्यमशिलताको माध्यमबाट आर्थिक सवलिकरण गरि स्वरोजगारको माध्यमबाट आर्थिक उपार्जनको कार्यमा जोड्ने उदेश्यले तालिम सञ्चालन गरिएको जनाइन् ।
गरिबी निवारणका लागी लघु उद्यम विकास अन्र्तगता पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाको आयोजनामा भएको कार्यक्रममा वडा सदस्य विष्णुकुमार लिम्बु, वडाध्यक्ष कृष्णकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो । तालिममा २९ जना महिलाहरुको सहभागिता रहेको छ ।
त्यस्तै ६५ दिने वेसिक सिलाइ कटाई तालिम पनि सुरु भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लघु उद्यम विकाश शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा पथरीशनिश्चरे वडा नम्बर ५ र ६ मा सञ्चालन हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार