युएई । चलचित्र छक्का पन्जा ४ फागुन २५ मध्यपूर्वमा युएई ओमण कतार बराइन कुबेदमा प्रर्दशनी हुने भएपछि वितरक टिम प्रचारप्रसारलाई तीव्रता दिएको छ ।
मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म वितरण गरिरहेको बताउँदै अहिले फागुन २५ गते चलचित्र छक्का पन्जा ४ प्रर्दशनी हुने भएकोले प्रचारप्रसार गरिरहेको बताएका छ्न । वितरक रमेश ढकालले अहिले डिजिटल माध्यामलाई पयोगगर्दै सामाजिक सञ्जालका पृष्ठमा र बिभिन्न समूह बनाएर नेपालीहरु धेरै बस्ने स्थान, क्याम्प तथा नेपालीहरुले संचालन गरिएको रेस्टुरेन्ट ट्रावललगायत ठाउँमा स्थलगत पुगेर पोस्टर ब्यानर बनाएर प्रचारप्रसार गरिरहेको बताए ।
रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्र प्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका ६ देशका मुख्य-मुख्य शहरका बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ४ ’ एकैसाथ फागुन २५ गते प्रदर्शन हुने वितरक रमेश ढकालले जानकारी दिएका छन । हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।
दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ ।


153 पटक हेरिएको 









