विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दैै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र कोशी प्रदेशका सभामुख बाबुराम गौतमको पुत्ला दोहन गरेका छन् । विराटनगर-१३ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शुक्रबार प्रदर्शनकारीले पुत्ला दोहन गरेका हुन् ।
उनीहरूले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचानको आधारमा लिम्बुवान-किरात प्रदेश नामकरण गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए । पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको अगुवाईमा भएको प्रदर्शनपछि किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, संघीय लोकतान्त्रिक राष्ट्यि मञ्चका अध्यक्ष कुमार लिङदेन,
किरात राई यायोक्खाका सचिवःनगेश चन्द्र राई, जनमुक्ति पार्टीका सचिब विष्णु थाङ्देन, चुम्लुङका उपाध्यक्ष सङगिता लिम्बू, लिम्बुवान, किरात संयुक्त अभियान संयोजक प्रेमदिप थामसुङ्हाङ, जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्यि समितिका सचिवालय सदस्य मातृका धिमालले सम्बोधन गरेका थिए ।
१ नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।



148 पटक हेरिएको 












