‘कोशी प्रदेश नामाकरण खारेज गर’

पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको छ ।
फोनिज संघीय समितिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘संघीयताको मर्म विपरित र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रदेश नम्बर १ भित्र किरात, लिम्बुवान, कोचिला र शेपालुङसमेतको सभ्यता, राजनीतिक विरासत र पहिचानको थलो भएको जिकिर गर्दै फोनिजले प्रदेश सभाले जनभावना विपरित र रैथाने आदिवासी जनजाति समुदायको पहिचान प्राप्तिको मर्ममाथि निर्मम प्रहार भएको फोनिजको ठहर छ ।
उसले विगतदेखि नै प्रदेश नम्बर १ को नामाकरण किरात लिम्बुवान वा लिम्बुवान किरात प्रदेश राख्नुपर्ने माग अघि सारेको छ ।
कोशी प्रदेशले प्रदेश नम्बर १ को जनजीवन र प्रदेशवासीहरुको आपसी एकता र हार्दिकतालाई खलल पुग्ने ठहर गर्दै फोनिजले पहिचान प्राप्तिको लागि हुने शान्तिपूणर् आन्दोलनलाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, शुक्रबार फोनिज प्रदेश १ समितिले विज्ञप्ति जारी गरेर पहिचान विरुद्ध आएको ’कोशी प्रदेश’ स्वीकार नगर्ने धारणा सार्वजनिक गरेको थियो ।
विज्ञप्तिमा पहिचानको निम्ति अन्तिम समयसम्म लडिरहने प्रतिवद्धता समेत व्यक्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार