अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिताः उपाधि जहदालाई

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि सोमबार लक्ष्मी स्कूल जहदाले जितेको छ ।
विराटनगरको महेन्द्र स्कूललाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १५ ओभरमा ६ विकेट गुमाई ७० रनको बनाएको थियो । जस्मा स्नेहा सहनीले सर्वाधिक ८ रनको योगदान दिइन् । लक्ष्मीकी वुमन अफ द फाइनल खुशी राजवंशीले सर्वाधिक ४ विकेट लिइन् । ७१ रनको विजयी लक्ष्य पछ्याएको लक्ष्मीले ९ दशमलव ४ बलमा विना क्षती सो लक्ष्य भेट्टाएको थियो । जस्मा खुशी राजवंशीले नटआउट २२ बनाउँदा वेदिका राजवंशीले नटआउट २४ रनको योगदान दिएकी थिइन् ।
यस अघि तेस्रो स्थानकोलागि भएको खेलमा सरस्वती स्कूलले वालिका स्कूललाई ६५ रनले पराजित गर्दै तेस्रो स्थानमा चित्त बझाएको छ । सरस्वतीले निर्धारित १५ ओभरमा विना विकेट क्षती १ सय ४८ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा वुमन अफ म्याच पूर्णीमा राजवंशीले नटआउट ५७ रन बनाउँदा प्रेरणा पासवानले नटआउट ५६ रन बनाइन् । १ सय ४९ रनको विशाल लक्ष्य पछ्याएको वालिकाले निर्धारित पुरै ओभर खेल्दै २ विकेट गुमाई ८३ रन मात्र बनाउँन सक्योे । जस्मा पिंकी राजवंशीले नटआउट २३ रन जोड्दा सुस्मा राजवंशीले नटआउट १३ रनको जोडीन । सरस्वतीकी कृष्टिना धामीले २ विकेट लिइन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीकी पुर्णीमा राजवंशी, उत्कृष्ट ब्याटर पे्ररणा पासवान, उत्कृष्ट बलर जहदाकी खुशी राजवंशी, उखयमान खेलाडी जहदाकी फुलकुमारी राजवंशी र उत्कृष्ट किपर महेन्द्रकी अम्विका राजवंशी घोषित भए । तीन दिनसम्म संचालन भएको प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार