पथरी । पथरी शनिश्चरे साझेदारी वन समितिको सोमबार सपथग्रहण तथा शुभकामना अादानप्रदान कार्यक्रम भएको छ।
फागुन १३ गते निर्वाचित नयाँ समिति र पुरानो समिति बिच शुभकामना अादानप्रदान र नयाँ समितिलाई सपथ खुवाइएको छ।सपथ खुवाउँदै मोरङका जिल्ला वन कार्यालय प्रमुख अनिरुद्रप्रसाद साहले वन समितिहरुले वन विकासको क्षेत्रमा मात्र काम गर्नुपर्ने बताएका छन् ।उनलेे सामुदायिक विकासको काम पालिकाले गर्ने भएकोले क्षेत्राधिकार भित्र रहेर काम गर्न अाग्रह गरेका छन् ।उनलेे २०७३ साल असोज ११ गतेदेखि साझेदारी वनको कार्ययोजना लागू भएको जानकारी दिएका छन् । साझेदारी वनले अपनाएको बैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना खारेज गरेर सरकारले उक्त कार्ययोजना ल्याएको उनलेे जानकारी दिएका छन् ।अहिले नयाँ वन ऐन २०७६ र वन नियमावली २०७९ लागू भएको छ। कार्यक्रममा प्रमुख साहले प्राकृतिक स्रोत साधनको रकम ५०% संघ,२५% प्रदेश र २५% पालिकालाई वन कार्यालयले दिने जानकारी दिएका छन् ।उनलेे वनका बिषयमा पालिका लगायतका ठाउँमा स्थानीयले तिरेको रकम पालिकामा नै फर्किने जानकारी दिएका छन् ।उनले यश साझेदारी वनमा कर्मा,जामुन लगायतका बिरुवा रोपिएको बताउँदै मंगलबारेमा स- मिल खोलेर लकडी चिरेर मात्र बितरण गर्ने जानकारी दिएका छन् ।प्रमुख अतिथि समेत रहेका साहले अब प्रदेश नियमावली बने पछि ढलापडा रुख जंगलबाट निकाल्न बाटो खुल्ने बताएका छन् । सो अवसरमा नव निर्वाचित अध्यक्ष द्रोणबहादुर पौडेलले पुरानो समिति ,कर्मचारी ,जनप्रतिनिधि लगायतसँग छलफल गरेर अागामी कार्य योजना बनाउने र काम गर्ने बताएका छन् । कार्यक्रमका सभापति तथा निबर्तमान अध्यक्ष प्रकाश पौडेलले अार्थिक अभावका कारण स मिल रोकिएको ,३० लाख रुपैयाँ ऋण लागेको लगायतका बिषयमा बोल्दै वन वातावरणमा अभियानकर्ताहरु गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।सो साझेदारी वनको अध्यक्षमारतुवामाईका द्रोण पौडेल , उपाध्यक्षमा सुनवर्षीका कमलकुमार मोक्तान , सदस्यतर्फ निर्वाचित हुनेमा प्रेमबहादुर याखा, प्रकाशबहादुर कार्की, गोविन्द निरौला, गणेश थापा,महेश थापा, ठाकुरप्रसाद लिम्बू रोसन, रामराजी दास रहेका छन् ।
यस्तै, महिला सदस्यमा सन्तमाया राई (शान्ता), रामप्यारी तामाङ र कोपिला कार्की बिजयी भएका छन् । त्यस्तै मधेसी सदस्यमा रन्जितकुमार साह विजयी भएका छन् । दलित सदस्यमा प्रमिशा ल्वागुन (विश्वकर्मा) तथा वडाबाट छनौट भएका निर्वाचित प्रतिनिधि सदस्यका लागि शेखरनाथ दाहाल निर्वाचित भएका छन् । समितिको आदिवासी जनजाति सदस्यमा गोपालप्रसाद ताजपुरिया लगायत निर्वाचित भएका थिए।


96 पटक हेरिएको 








