विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भन्नुभएको छ-‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ यस वर्ष मनाइँदै गरेको ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभअवसरमा सम्पूणर् आदरणीय नेपाली नारीहरूमा सुख, शान्ति र समृद्धिको निमित्त हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’
त्यसैगरी नेपालको संविधानको धारा ३८ मा महिलामाथि हुने अन्याय, अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैंगिक विभेद तथा अमानवीय व्यवहारहरू अन्त्य गरी पुरुष र नारी बीच समानताको प्रत्याभूति गर्न मौलिक हकको व्यवस्था सुनिश्चित गरेको हुँदा संविधानले गरेको व्यवस्था एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरू पुरा गर्न यस दिवसले हौसला प्रदान गर्नेछ भन्ने प्रदेश प्रदेश प्रमुखले विश्वास लिएको शुभकामना सन्देशमा जनाएका छन् । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पुर्याउनेजस्ता विषयहरू महिलाको हित संरक्षणमा केन्द्रित रहेर यस अन्तर्राष्ट्रिय नारी दिवसले लैंगिक समानताका विषयलाई आत्मसात् गर्नका साथै लैंगिक समानताका लागि क्रियाशिल अधिकारकर्मी तथा अभियन्ताहरूलगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना पनि प्रदेश प्रमुखले गरे ।


108 पटक हेरिएको 












