हसन्दह(पथरी) । भोटेघुम्ती कृषि सहकारी संस्था लि.पथरी शनिश्चरे ५ ले कृषकहरुलाई ५०% अनुदानमा कृषक सामग्री वितरण गरेको छ ।
कार्यक्रममा कृषि सामाग्रीहरु पानी तान्ने मोटर ८ वटा, स्प्रे ट्याङ्की ३५ वटा, मकै रोप्ने मेसिन ६ वटा र मकै गोड्ने मेसिन २ वटा प्रदान गरिएको थियो ।
बिहिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन नया मकै बाली पकेट विकास अन्तर्गत नगरपालिकाको सहयोगमा सामग्री वितरण गरेको हो । कार्यक्रममका प्रमुख अतिथि नगरपालिकाका उप-प्रमुख देविमाया काफ्लेले कृषिमा गरिएको यो लगानी पक्कै पनि कृषकहरुले नाफामुखी कार्यमा खर्च गर्नुहुनेछ भन्नेमा आफू ढुक्क रहेको बताइन । वडा नं.५ का वडाध्यक्ष चेतन खड्का र नगरका कृषि शाखा प्रमुख टिका राईले कार्यक्रममा सम्बोधन गरेका थिए ।


138 पटक हेरिएको 








