धरान(सुनसरी) । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको सभापतिमा जनता समाजबादी पार्टी नेपाल निकट समाजबादी विद्यार्थी युनियनले विजयी हासिल गरेको छ ।
आज सार्वजनिक भएको मत परिणामअनुसार सभापतिमा युवराज राई अलौकिकले ८ सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकट स्पर्धीले नेपाल विद्यार्थी संघका विनोद आले मगरले ७ सय २४ ल्याएर पराजित भए ।
सचिबमा संघका सनिक श्रेष्ठ मल्ल ७ सय ६० मतका साथ विजयी बने । ७ सय १५ मत पाएकी युनियनकी विनिता लिम्बुले मल्ललाई टक्कर दिएकी थिइन् । कोषाध्यक्ष पदमा युनियनकै सुप्रिया राई निर्वाचित हुँदा संघका स्वस्तीकला राई राईले ७ सय १० मतको साथ पछ्छाएकी थिइन् ।
समानुपातिक तर्फ युनियनले ६ सय ९०, संघले ६ सय ५६ मत झरेको छ ।
कस्को कति मत ?





102 पटक हेरिएको 








