समाज सेवामा एक दशक

अमीर मगर

“समाजसेवा गर्नु हामी सबैको कर्तव्य हो।” किनभने हामी सबै समाजमा जन्मिन्छौ; समाजमै हुर्किन्छौ; समाजमा राम्रा नराम्रा कामहरु गर्छौ र समाजमै मर्छौ। हामी मध्ये कोहिपनि समाजबाट चाहेर पनि टाढा भएर जिउन सक्दैनौ।

यसर्थ वयस्क वा भनौ बुढापाका र धनीमनीले मात्र समाज सेवा गर्नुपर्छ भन्नु अपरिपक्व अनि स्वार्थी बुझाई हो। समाजमा सबै उमेर समूह, वर्ग, पेशा, क्षमता र विशेषताको मानिसहरू भएपछि सबैले सकेको आ-आफ्नो ठाउबाट समाज सेवा वा भनौ समाजको हित हुने काम गर्नुपर्दछ किनभने “समाजसेवा गर्नु हामी सबैको कर्तव्य हो।”

समाज भनेकै हामी हौ । हामी जस्तो सोच्छौ, बोल्छौ र कर्म गर्छौ हाम्रो समाज त्यस्तै हुन्छ। यसर्थ राम्रो समाज निर्माणका लागि हामी नै राम्रो हुनुपर्दछ। मेरो बुझाईमा समाजसेवा ३ प्रकारले गर्न सकिन्छ ।

१. ईमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेर:
सबैभन्दा सजिलो र पहिलो समाजसेवा गर्ने तरिका भनेको हामी जो जुन पेशामा आबद्ध छौ; ईमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ। जस्तै : एकजना शिक्षकले ईमानदारीपूर्वक आफूले सक्ने शिक्षण गर्नु भने एकजना डाक्टरले ईमानदारीपूर्वक आफूले सक्ने स्वास्थ्य सेवा दिनु। आदि।

२. समाजलाई हित हुने कार्य तथा कार्यक्रमहरुमा साथ सहयोग गरेर:
दोस्रो तरिका पहिलो भन्दा अलिक महत्त्वपूर्ण र कठिन हुन्छ किनभने पहिलो तरिकामा ईमानदारीपूर्वक आफ्नो कर्तव्य मात्र पूरा गर्दा हुन्छ भने दोस्रो तरिकामा आफूले सक्ने तन, मन, धन, ज्ञान र वचनले समाजलाई हित हुने कार्य तथा कार्यक्रमहरुमा साथ सहयोग गर्नुपर्दछ।

३. समाजिक संघसस्था र अभियानको नेतृत्व गरेर:
तेस्रो तरिका पहिलो र दोस्रो भन्दा झन धेरै महत्त्वपूर्ण र कठिन हुन्छ किनभने सामाजिक संघसस्था र अभियानको नेतृत्व गर्नु भनेको आफूले सक्ने तन, मन, धन, ज्ञान र वचनले मात्र नभएर निरन्तररुपमा आफू आबद्ध संघसस्था र अभियानमा समय र योगदान पनि दिनुपर्दछ। जसका लागि आफ्नो व्यक्तिगत र पारिवारिक जीवनका धेरै पाटाहरुलाई त्याग्न सक्नुपर्दछ ।


सामाजिक संघसस्था र अभियानको नेतृत्व पनि दुई तरिकाले गरिन्छ।
(क) पहिलो तरिका भनेको अरुले स्थापना गरेको संघसस्था र अरुले शुरु गरेको अभियानको नेतृत्व गर्ने।
(ख) दोस्रो र सबैभन्दा महत्त्वपूर्ण अनि कठिन तरिका भनेको आफ्नै अवधारणा (भिजन) अनुसार आफैले संस्थापक भएर वा आफैले नया संघ सस्था स्थापना गरेर साथै नया अभियानको शुरु गरेर नेतृत्व गर्ने।

म विशेषगरी वि.स. २०६९ मा एकता युवा समूह (The United Youth Group) नया संस्थाको रुपमा स्थापना गरी संस्थापक अध्यक्ष भएर नेतृत्व गरेर मैले तेस्रो तरिकाको समाज सेवा गरेर निरन्तर समाज सेवामा लागिरहेको पनि एक दशक (१० वर्ष) पूरा भएछ ।

हुन त दोस्रो तरिकाको समाजसेवा वा भनौ अरुले नेतृत्व गरेको केही संघ सस्थाहरुमा तन, मन, धन, ज्ञान र वचनले सकेको योगदान गरेर समाज सेवामा म मलाई याद भएसम्म वि.स. २०६० सालदेखि नै सम्लग्न थिए। यसरी हेर्दा समाज सेवा गर्नथालेको चै दुई दशक (२० वर्ष) भएछ। तर त्यतिबेला अलिक आलोकाचो भएकोले साथै समाज सेवा गर्नैपर्छ किनभने मेरो कर्तव्य वा हामी सबैको कर्तव्य हो भन्ने चेतनाले भन्दा पनि राम्रो काम सकेको गरौ भन्ने भावानाले समाज सेवामा सम्लग्न भए। तर नेतृत्व नै भएर बिगत वि.स. २०६९ साल देखि आज वि.स. २०७९ सालसम्म एक दशक (१० वर्ष) समाजसेवा गरिरहदा समाजमा मेरो नेतृत्वमा सस्थाको स्थापना गर्यौ भने अरुले स्थापना गर्नुभएको विभिन्न संघसंस्था एवम् संगठनहरुमा नेतृत्व गरे साथै विभिन्न अभियानमा काम गरे जसमध्ये मलाई सबैभन्दा महत्त्वपूर्ण र राम्रो लागेको मेरो अवधारणा (भिजन) “एक जीवनमा दुई बिरुवा रोपौ” अभियान हो। मैले सकेको समाजसेवा गरे भने समाज सेवाले मलाई समाजमा स्थापित गर्यो साथै वास्तविक मानव भएको र खुशी महसुस भएको छ।

यस एक दशक (१० वर्ष) समाज सेवा गर्ने क्रममा विद्यालय र क्याम्पस वा भनौ औपचारिक शिक्षालयहरुमा नसिकेको कुराहरु सिक्ने र आफूले जानेको सिकाउने अनि काम गर्न साथै जीवनलाई बुझ्न सफल भए। समाज सेवा गर्नेक्रमा धेरैभन्दा धेरै उतारचढावहरु आए , बाधा समस्याहरु आए तर ती सारा नकारात्मक कुराहरुलाई सामाना र परास्त गर्दै आजसम्म आइपुगियो र आजको म बन्न र वास्तविक अनि खुशी मानिस बन्न सफल भए।

अन्त्यमा विशेषगरी मेरो यस एक दशक (१० वर्ष ) समाज सेवाको यात्रामा मलाई तन, मन, धन, वचन, ज्ञान र हरेक प्रकारले साथसहयोग, समर्थन र माया गर्नुहुने अनि सल्लाहसुझाव दिनुहुने सम्पुर्ण आदरणीय र आत्मीय आमाबुबा, परिवार, आफन्त, दाजुभाई, दिदिबहिनी र मित्रहरुमा म निरन्तर समाजसेवामा लाग्ने वाचाकासाथ आगामी दिनहरुमा पनि बिगत झै साथसहयोग, सल्लाहसुझाव र मायाको अपेक्षा गर्दै असीमित आभार व्यक्त गर्दछु।

(# नोट :- “समाज सेवा गर्नु हामी सबैको कर्तव्य हो।” तर मेरो भने “समाज सेवा गर्नु मेरो कर्तव्य मात्र नभएर रहर पनि हो ।” किनभने समाजसेवा गर्दा मलाई खुशी मिल्छ।)

* यस एक दशक (१० वर्ष) समाजसेवाको यात्रामा मसङ्ग उपलब्ध
(वि.स. २०७९ साल चैत्र ३० गते बिहिवार)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार