सागर सरगम चेम्जोङ
अहिलेसम्म आन्दोलन जे जसरी चलिरहेको छ । यसको लागि नेतृत्वलाई धन्यवाद दिनै पर्छ, कुरा सन्दर्भमा आन्दोलनको नेतृत्व सामाजिक संघसंस्था भन्दा राजनैतिक दलहरुले लिनु अत्यन्तै आवश्यक पर्दछ । जसमा पहिलो प्राथमिकता प्रदेश नामकरणमा फरक मत राख्ने नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टीले लिनु पर्छ । त्यसमा पहिचानकै मुद्दा बोक्ने लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति र सम्भब भए सम्म नेकपा माओवादी केन्द्रलाई पनि पहिचानको कित्तामा उभ्याउने प्रयत्न गर्नु पर्दछ । चुम्लुङ, यायोख्खा जस्ता सामाजिक संस्थाहरु कुटनैतिक पहल गरेर आन्दोलन नेतृत्व राजनैतिक दलहरुलाई दिएर संस्थाहरु समन्वयकारी भुमिकामा बस्न आवश्यक पर्दछ ।
🔸नेतृत्वहरु :-
अहिले चलिरहेको प्रदेश पुन नामकरण आन्दोलनमा जसपा संघीय अध्यक्ष तथा बहालवाला शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोक राई मन्त्रीकै हैसियतमा प्रदेश न.१ मा झरेर समग्र आन्दोलनको नेतृत्व गर्दै अगाडि बढ्नु पर्छ । पूर्व प्रदेश प्रमुख राजेन्द्र राई भोजपुर, पूर्व मन्त्री रकम चेम्जोङ धनकुटा, लिम्बुवानका नेता ज्ञान बहादुर गुरुङ झापा, गोपाल किराँती सोलुखुम्बु, सुधन किराँती ओखलढुंगा, सांसद राम कुमार राई पासाङ खोटाङ, लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङ्देन पान्थर, खगेन्द्र माखिम तेह्रथुम, प्रदेश मन्त्री निर्मला तावा राजीनामा दिएर वा मन्त्रीकै हैसियतमा ताप्लेजुङ, नेकपा एसका सांसद खिनु लङवा ईलाम पुगेर आ आफ्नो वा जिम्मेवारी पाएको जिल्लामा आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नु पर्ने हो । बाकी नाम नखुलाईएका नेतृत्वहरुले आफ्नो सहजतालाई मध्यनजर गरेर नेतृत्व सम्हालेर अधि बढ्नु पर्छ ।
🔸बुद्धिजीवीहरु
यो बेला विद्वान लेखकहरु तथा प्राध्यापक डा. महेन्द्र लावती, डा. नवल किशोर चाम्लिङ, डा. डम्बर चेम्जोङ, डा तारामणि राई, नन्द कन्दङ्बा, लेखक भवानी बराल, अधिबक्ता शङकर खापुङ, लेखक युग पाठक, खगेन्द्र संग्रौला, बाल कृष्ण माबोहाङ, अमर तुम्याङ्हरु प्रदेश न.१ को बिभिन्न गाउँ टोल बस्तीमा लुगेर प्रशिक्षण तथा जन जागरण अभियान चलाउदै स्थानीय जनताहरुलाई आन्दोलन सहभागी गराउनु पर्छ । ठुला ठुला मंचहरुमा भाषण मात्रै होइन, गुन्द्री प्रशिक्षणहरु चलाउदै आन्दोलनको बारेमा जनचेतना जगाउदै दिन प्रतिदिन आन्दोलनको रफ्तार बढाउनु पर्छ ।
🔸 संघ संस्थाहरु
किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खालगायत सामाजिक संस्थाहरुले आफ्नो नेतृत्वरु वडा वडा तहसम्म झरेर कमिटी गठन प्रशिक्षण गर्दै जन जागरण अभियान चलाउदै आन्दोलनमा जनताहरुलाई सरिक गराउदै लैजानु पर्ने हो, साथ अन्य जातीय तथा सामाजिक संघ संगठनहरु संग समन्वय छलफल गर्दै आन्दोलनमा सहभागी वा ऐक्यबद्धता जनाउने बाताबरण बनाउदै अगाडि बढाउदै अगाडि लैजानु पर्छ । संस्थाका केन्द्रिय नेतृत्व अध्यक्ष उपाध्यक्ष महासचिव सचीव लगायत पदाधिकारीजरुले एक पधाधिकारी एक जिल्लाको समन्वय गर्ने नेतृत्व सम्हाल्नु पर्छ भने केन्द्रिय सदस्य तहका नेतृत्वहरु पालिकाको नेतृत्व गर्न झर्नु पर्छ । पालिका तहका नेतृत्वहरु आन्दोलन उठाउन वडा र टोलको नेतृत्व गर्नु पर्छ ।
🔸भातृसंगठनहरु :-
पहिचानबादी विद्यार्थी संगठनका विद्यार्थी नेताहरु क्याम्पस, बिश्वबिद्धालयहरुमा छिरेर आन्दोलनको लागि युवा विद्यार्थीहरुमा चेतना फैलाउदै विद्यार्थीहरुलाई आन्दोलनको पक्षमा उभ्याउनु पर्छ, प्राध्यापक बुद्धिजीवीहरु संग आन्दोलन बारे सार्वजनिक बहस छलफल चलाउनु पर्छ । विद्यार्थीमार्फत परिवार सम्म चेतनाको लहर फैलाउन सकिन्छ ।
🔸कलाकार साहित्यकारहरु :-
कलाकारहरु स्वस्फूर्त गाउँ टोल बस्तीबस्तीहरुमा जनबादी, पहिचानबादी गीत गाउँदै, नाच्नेहरु जनजागरण गीतमा नाच्दै जनजागरण अभियानमा सहभागी भई आन्दोलनलाई उचाई प्रदान गर्ने, कबि गजलकारहरु पहिचान र परिबर्तनको पक्षमा कथा कविता गजल सुनाउदै बस्तीबस्तीहरुम जनजागरण ल्याउदै १४ जिल्ला घुम्नु पर्छ ।
🔸प्रबाशी नेपालीहरु
बिदेशमा बसोबास गर्ने लाखौं पहिचान न्याय र समानता प्रेमी युवाहरु मध्ये कम्तीमा ५०,००० युवाहरू पहिचानको युद्ध छेड्न स्वदेश फर्किनु पर्छ, स्वदेश फिर्ता आउन नसक्नेहरुले बिदेशबाटै फोन कल मार्फत आफ्नो परिवारका आनिबार्य एक घर एक आन्दोलनकर्मी सदस्य आन्दोलनमा निकाल्ने बाताबरण तय गर्नु पर्छ । सक्नेले भौतिक सहयोग, नसक्नेले आर्थिक सहयोग गर्न तयार हुनु पर्छ ।
सबै तयारी पूरा भैसकेपछि कम्तिमा गुरिल्ला शैलीमा गाउँ सहर सबै तिर बाट आन्दोलन एकैपटक उठाउन सकियो भने सरकारले घुडा टेक्न सक्छ, आन्दोलन बिराटनगर वा शहरकेन्द्रित मात्रै होइन स्थानीयस्तरमै आन्दोलन छेड्न सक्नुपर्छ । तब मात्रै क्रान्तिको नयाँ सुरुवात पनि हुन्छ, होइन भने शान्तिपुर्ण आन्दोलन शान्तिपूर्ण नै हुने निश्चित देख्छु ।
नोट : आन्दोलन यसरी अगाडि बढाउदा छिटो गन्तव्यमा पुगिन्छ भन्ने मेरो ब्यक्तिगत बिचार मात्रै हो । साथै माथी नाम उल्लेख गरिएका पात्रहरु प्रतिनिधिमुलक र सांकेतिक मात्रै हुन् अन्याथा भए क्षमा प्रार्थी छु । पोस्ट लामो हुने भएको आन्दोलनको सबै पाटो नसमेटिएको पनि अवगत गराउदछु ।


287 पटक हेरिएको 










