पुनः ३२ परिवारलाई जग्गा धनीपुर्जा वितरण

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ मा चौथो पटक गरेर ३२ घरपरिवारलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ ।
सोमबार वडा नं. ८ कार्यालयमा भएको कार्यक्रमका बिच जग्गा धनी प्रमाण पुर्जा वडा अध्यक्ष नवीन कार्कीले वितरण गरेका हुन् । यस सँगै वडा नं. ८ मा नयाँ नापी सुरुवात गर्नको लागि गत वैशाख २६ गते नै शुसिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङले नापी टोली खटाइसकेको छ । टोलीले मंगलबारे, शुक्रबारे, केर्खा टोल क्षेत्रमा नापी गर्नु पूर्व गर्नुपर्ने रेखाङ्कनको काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार