सामाजिक संजालमा पोस्ट गरेपछि सहयोग जुट्दै

शिरिसे डाडा । मोरङको पथरी शनिश्चरे -४ शिरिसे डाँडाकी एकल महिला डिकमाया अधिकारीको घर बन्ने भएको छ । सोही वडाका वडा अध्यक्ष लोक किरण न्यौपानेले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेपछि सहयोग जुटने क्रम जारी छ ।

अधिकारीको श्रीमान ३२ वर्षको उमेरमा तीन वर्ष अघि मुटु रोगबाट मृत्यु भएको थियो । १३ वर्ष, ११ वर्ष र ८ वर्षका छोरा रहेकोे अधिकारीको एक कट्ठा ऐलानी जमिनमा रहेको घर केही दिन अघि आएको हुरीले भत्कायो ।
वडाध्यक्ष न्यौपानेको अनुसार  घर निर्माणका लागि कबिर लिम्बूले २ ट्याक्टर गिट्टी, पथरी जेसीजले पाँच सय इँटा, तेजपाल थापाले १ ट्रिफर गिट्टी, मोहन लिम्बू , इलब घिमिरे, राजेन्द्र भण्डारीले ५/५ बोरा सिमेन्ट, मरीचमान लिम्बू र शोभाराज तामाङले ३/३ बोरा सिमेन्ट, रुद्र पोख्रेलले १ ट्याक्टर गिट्टी सहयोग गर्ने भएको छ ।  देवराज अधिकारीले १ ट्याक्टर सोलिङ ढुङ्गा, तिलक माङ्मुले १ ट्याक्टर ढुङ्गा उपलब्ध गराउने भएको छ । महेश गिरीले घर निर्माणमा आवश्यक पर्ने रड उपलब्ध गराउने भएको छ ।  गैरी गाउँ र पुलचोक युवा क्लबले श्रमदान गरेर घर बनाइदिने वडाध्यक्ष न्यौपानेको भनाई छ । घर निर्माण सम्पन्न भएपछि रङ्ग रोगन र बिजुली जडानको काम खगेन योगीले गर्ने भएका छन् । वडा अध्यक्ष न्यौपानेले सहयोग गर्न अनुरोध गरेका छन् ।

येस्तो थियो फेसबुक पोस्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार