पथरी । किरात याक्थुङ चुम्लुङ ईजरायलले पथरी शनिश्चरेका लिम्बु भाषा शिक्षण गर्दै आएका २ विद्यालयका विद्यार्थीहरुलाई पाठ्य पुस्तक उपलब्ध गराएको छ ।

सोमबार पालिकाको वडा नम्बर ७ मा रहेको चन्द्र किरातेश्वर माध्यमिक विद्यालय र वडा नम्बर ४ मा रहेकोे भागीरथ माध्यमिक बिद्यालयलाई पुस्तक उपलब्ध गराएको हो । चन्द्रमा कक्षा १ देखि कक्षा ७ सम्म र भगीरथमा कक्षा–१ देखि कक्षा–५ सम्म अध्ययनरत ३ सय ६३ विद्यार्थीहरुका लागि पाठ्य पुस्तक उपलब्ध गराएको हो ।
किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा चुम्लुङ ईजरायलबाट प्राप्त रकमले खरिद गरी पाठ्यपुस्तक वितरण गरिएको थियो ।


208 पटक हेरिएको 












