एसइईको नतिजा कसरी हेर्ने ?

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गर्न लागेको शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा कसरी हेर्ने? जिज्ञासा हुनु स्वाभाविक छ ।

बुधबार बोर्डले सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरुकोबारेमा जानकारी दिएको छ। जस अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै बोर्ड नतिजा सार्वजानिकको अन्तिम तयारी छ।

 गत चैत १७ गतेदेखि सुरु भएको परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार