पथरी । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सातै प्रदेशका ग्रामीण तथा सहरी भेगमा उल्लासका साथ आदिवासी संघसंगठनको अगुवाइमा दिवस मनाउने चलन छ । पथरीमा हुने कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो, आदिवासी जनजातिका अगुवा आङ्काजी शेर्पा `किसान´, किरात राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले सम्बोधन गर्ने वताइएको छ।

‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ ।
आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।


95 पटक हेरिएको 












