`कोशराज रेग्मी राष्ट्रिय पुरस्कार–२०८०´ बाट वरिष्ठ पत्रकार धर्मेन्द्र झा पुरस्कृत

बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङले नेपाल पत्रककार महासंघ, मोरङद्वारा आयोजित कोशराज रेग्मी राष्ट्रिय पुरस्कार –२०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरेका छन् ।  झा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति अध्यक्ष हुन।

श्री पिताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘कोशराज रेग्मी राष्ट्रिय पुरस्कार’ नेपाल पत्रकार महासंघ, मोरङको आयोजनाबाट नेपालको पहिलो पत्रकार मानिएका मोतिराम भट्टको स्मृतिदिवसका पुरस्कृत गरिँदै आएको छ । यसवर्ष भट्टस्मृति दिवस २८ गते परेता पनि उक्त राष्ट्रिय शोक परेकाले आज गर्नुपरेको हो

प्रदेश प्रमुख माननीय परशुराम खापुङले सत्य समाचार सम्प्रेषण हुनु नै पत्रकारिताको धर्म रकेको बताए । उनले पुराना कुरा सम्झदै भनेका छन्,”१९७२ मा अमेरिकामा राष्ट्रपति रिचर्ड निक्सनले वासिङ्टन डिसीस्थीत रहेको डेमोक्र्याटिक पार्टीको भवन वाटरगेटमा महत्वपूर्ण कागजात चोरीको आरोप लाग्यो । पत्रकारहरुले खोजले उक्त कुरा पुष्टि भयो र राष्ट्रपतिलाई महाभियोग लागी बर्खास्त भए । पत्रकारिता सत्यमा रहँदा शक्तिशाली व्यक्तिलाई पनि महाभियोग लाग्छ ।”

पुरस्कार ग्रहण गर्दै धर्मेन्द्र झाले भने,–“नेपालका मृर्धन्य व्यक्तित्व कोशराज रेग्मीसँग जोडिनु मेरो अहोभाग्य हो । उहाँ नेपाली पत्रकारिता क्षेत्रमा आदरणीय हुनुहुन्छ ।” त्यसैगरी नेपाली पत्रकारिता क्षेत्रमा विचलन आएको हल्लाहरुप्रति झाले भन्नुभयो –“पहिलो कुरा हामी प्रतिवद्धतामा छौ कि छैनौ ? मनन् गरौं, पत्रकारिताप्रति प्रतिवद्धतामा छौ भने विचलन छैन भन्ने बुझ्नुपर्यो । प्रतिवद्धताबाट टाढिएका छौ भने सुधारिएर पुनः प्रतिवद्धतामै फर्किनुपर्यो ।”

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पनि मन्तव्य राख्नुभएको थियो । महासंघका उपाध्यक्ष मोहन भट्टराईको सभापतित्व र सचिव नेत्र अधिकारी सञ्चालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार