पथरी । जाते मोड पथरीमा `पथरी शनिश्चरे प्रिमियर लिग´को चौथो संस्करणको आयोजना गरिने भएको छ ।
कात्तिक १० गतेदेखि २४ गतेसम्म लिग संचालन हुने आयोजक पथरी शनिश्चरे प्रिमियर लिग आयोजक कमिटीले पत्रकार सम्मेलन गरि जानकारी गरायो । नगरको खेलाडीहरुलाई खेलकुदमा अब्बल बनाइ खेलकुदको माध्यमबाट देशको लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने उदेश्यले लिगको आयोजना गरिएको आयोजक कमिटीको सचिव राकेश राईले बताए । तेस्रो सिजनमा १ सय ३६ जना खेलाडीले फारम भरेका खेलाडीले चौथो सिजनमा २ सय ३१ जना खेलाडीले आवेदन फारम भरेका छन । विभिन्न ३ ‘क्याटोगरी’ अन्तर्गत ती खेलाडी दर्ता भएका हुन् । आयोजकले अक्सनका लागि प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘बी’ मा र १ सय ४९ जना ‘सी क्याटोगरी’मा दर्ता भएका छन् । ‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘बी’ को २ हजार र ‘सी’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । हरेक टिमका लागि ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ । ९ वर्षका खेलाडी सौरभ बस्नेतदेखि ४५ वर्षका खेलाडी राज बस्नेतसमेतले आवेदन दिएको सचिव राईले बताए ।
पहिलो संस्करणको विजेता रोयल किङ, दोस्रो र तेस्रो संस्करणको विजेता ईबीसी सात बाघसँगै आइतबारे अस्त्र, वीरेन्द्रनगर स्टिल टाइगर्स, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र गोर्खा लिजेण्डसले लिगमा सहभागी जनाउनेछ । असोज ६ गते खेलमा सहभागी हुने क्लवहरुले खेलाडी अनुबन्धित गर्ने कार्यक्रम छ । ७ क्लब मध्ये अघिल्लो तेस्रो संस्करणमा सहभागी ४ क्लबले खेलाडी रिर्टन गरेका छन् भने नव प्रवेशी गोर्खा लिजेन्डसले २ खेलाडीलाई मार्की खेलाडीका रुपमा अनुवन्धन गरेका छन् । २ क्लबले भने कुनै खेलाडीलाई रिटर्न नगरेको आयोजकले जनाएको छ । सातबाघले अनिस लुइटेल र आस्विन महतलाई रिर्टन गरेको छ भने वुद्ध युनाइटेडले राकेश राई, क्लासिक इलाभेन हसदन्हले सुजन खत्री र संन्जीव धिमाल र आइतवारे अस्त्रले आर्दश कार्कीलाई रिर्टन गरेको छ । नयाँ क्लब गोर्खा लिजेन्डसले आभाष पाहिम र योगेश श्रेष्ठलाई मार्कीका रुपमा अनुबन्धन गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयको मुख्य प्रायोजनमा हुने लिगमा अनुमानित १० लाख रुपैयाँ खर्च हुने बताइएको छ । पथरी शनिश्चरे नगरपालिकाबाट ७ लाख ५० हजार रुपैयाँ, फर्म वापत २१ हजार, टिम दर्ता वापत ७० हजार र प्रिमियर लिग समितिबाट १ लाख ९ हजार रुपैयाँ आय हुने अनुमान आयोजकले गरेको छ । खेल सम्पन्न गर्न आफैमा चुनौति रहेपनि सबैको साथ र सहयोगबाट भब्य र सभ्य रुपमा प्रतियोगिताको कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजक कमिटीका अध्यक्ष बिरोज मगरले बताए । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ३१ हजार नगद, ट्रफि र मेडल र प्रमाणपत्र रहनेको छ । दोस्रोले हजार ७१ सय ११ रुपयाँ प्राप्त गर्नेछन् ।


102 पटक हेरिएको 








