पथरी । मोरङको पथरीमा पीएमसी अटो ट्रेडर्सले यामाहाको सोरुम आजबाट सञ्चालनमा ल्याएको छ । अटोट्रेडर्सले सेवा सञ्जाल विस्तारका क्रममा पथरी बजारमा सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले पीएमसी यामाहाको नयाँ सोरुम उद्घाटन गरेका छन् । उद्घाटन गर्ने क्रममा नगर प्रमुख तुम्वापोले सोरुमले पथरी शनिश्चरेवासीले चाहेको र खोजेको सेवा दिन सफल होस् भनी शुभकामना दिए । उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष भिम राई, एमाले प्रदेश सदस्य देवराज भण्डारी, निवर्तमान प्रदेश सदस्य पर्शु मिश्र, बिजनेस डिपार्टमेन्ट प्रमुख हरि दाहाललगायतले शोरुमको ब्यसायिक सफलताको कामना गरेका छन् । उद्घाटन अघि नगरको विभिन्न स्थानहरुमा मोटरसाइकल र्याली गरिएको थियो ।

सोरुममा विश्वकै सार्वधिक लोकप्रिय कम्पनी यामाहाबाट निर्मित मोटरसाइकल र स्कुटी विक्री बितरण गरिने संचालक मानबहादुर श्रेष्ठले बताएका छन् । सोरुममा सुविधा सम्पन्न मोटर अट्टो वर्कसप रहेको छ । ९५ प्रतिशत मोटरसाइकल तथा स्कुटरको पाटपुर्जा पाइने र उच्च प्रबिधिको सर्भिसिङ सेवा रहेको जनाइएको छ । MAW Group of Companies का सीईओ राजु क्षेत्रीले नेपालमा सबैभन्दा विश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा ब्राण्ड सदैव आम ग्राहकहरूको माग र आस्था पुर्तिका खातिर सजग र तत्पर रहदै आएको जनाए। उनले विश्वस्तरीय संरचनामार्फत गुणस्तरीय सेवा प्रवाहमा १०९ स्थानबाट अनवरत सेवा गरिरहेको अवगत गराए । सीईओ क्षेत्रीले देशभर १०४ डिलर र ८ वटा शाखा शोरूमबाट वर्षौंदेखि सेवा प्रदान गर्दै आएको यामाहाले आफ्नो नयाँ शोरूम PMC Auto Traders Pvt. Ltd पथरी बजारमा खोल्न सफल भएको बताए । शोरुम पूर्वपश्चिम लोकमार्ग अन्तर्गत गोर्खा डिपार्टमेन्ट उत्तर रहेको छ ।
उद्घाटनको दिन स्कुटर खरिद गर्ने जुन प्रधान र सागर पौडेललाई संचालक मानबहादुर श्रेष्ठले कार्यक्रममै चावी हस्तान्तरण गरेका थिए ।


135 पटक हेरिएको 












