नगरपालिकाको सहयोगमा रिसिदेवलाई उपचारको लागि बनेपा पठाइयो

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ५ का आर्थिक विपन्न १५ वर्षीय दीपक रिसिदेवको उपचारका लागि नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल बनेपा लगिएको छ ।
१ वर्षदेखि राखिएको स्टिल फुकाल्न र सुनिएको खुट्टाको थप उपचारका लागि रिसिदेवलाई बनेपा लगिएको हो । पथरी शनिश्चरे नगरपालिकाले बनेपासम्म पुर्‍याउन एम्बुलेन्स सेवा उपलब्ध गराउनुका साथै खानाका लागि नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
आइतबार सहयोगको लागि निवेदन प्राप्त भएपछि तुरुन्त नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडाध्यक्ष भीम राईलगायतका जनप्रतिनिधि बैठक बसी उनलाई सहयोग प्रदान गरिएको हो ।
रिसिदेवलाई नगरपालिकाकै सहयोगमा उपचारका लागि आइतबार धरानको घोपा पुर्‍याएर ल्याइएको थियो । त्यसपश्चात् नगरपालिकामा सरोकारवालहरुसँग पुनः छलफल पश्चात् बनेपा लाने निर्णय भएको हो । आजदेखि नै उनको उपचार हुने सञ्चारकर्मी भीमराज अधिकारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार