आत्मानन्द कप: पाँचथर सेमिफाइनलमा प्रवेश

माङ्सेबुङ(इलाम) । तिजोक युवा क्लब पाँचथर माङसेबुङमा जारी आत्मानन्द कपको सेमीफाइनलमा पुगेको छ ।

शनिबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धनकुटा जिल्ला फुटबल संघलाई २-१ गोलको अन्तरमा पराजित गर्दै  पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो । सुरुआतमा १ गोलले तिजोक पछि पर्‍यो ।  पहिलो हाफको ८ औं मिनेटमा नै धनकुटाका बुद्ध चेम्जोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता धेरै टिकेन । आक्रामक खेल सुरु गरेको पाँचथरले २१ औं मिनेटमा निर्देश राईको गोलमा खेल बराबरीमा ल्याए । दोस्रो हाफको १७ औं मिनेटमा पुनः पाँचथरका राईले गोल गर्दै टिमलाई २-१ को जित दिलाए । ए डिभिजन लिग खेलिसकेका बुद्ध चेम्जोङको कप्तानीमा उत्रेको धनकुटाका खेलाडीबीच आपसी तालमेल हुन नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम तिजोक पाँचथरका निर्देश राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आइतबार डिफेन्डिङ च्याम्पियन छथर गाउँपालिका तेह्रथुम र सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा-पवित्र खेलकुद समितिले जनाएको छ । प्रतियोगिताको फाइलन १७ मंसिरमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार