`सिमसार, धार्मिक पर्यटन, बनको संरक्षण, सम्बर्द्धन, बिकास निर्माण र गरिबी निवारणका कामहरू अगाडि बढाउन उपभोक्ता ज्यूहरुले मलाई चुन्नु हुन्छ।´

तपाईले सामुदायिक बनको विभिन्न पदमा रहेर जिम्मेवारी समाल्नुभयो । तपाई बहालवाला पदमा रहदा के के गर्नुभयो?
मैले बन समूहमा २ कार्यकाल पूरा गरेको छु। पहिलो कार्यकाल २०७१ देखि २०७६ सम्म उपाध्यक्ष पदमा रहे भने  दोस्रो २०७६ देखि  हालसम्मको कार्य काल पनि अध्यक्ष  र म उपाध्यक्ष  सेम पद मा रहि काम गरिसकेको  छु ।  २ कार्यकाल भित्र पनि हाम्रो समूहको अध्यक्षज्यूलाई कानुनी परिबन्दको कारण अध्यक्षको  कार्य सम्पादन गर्न नपाउने भएको अवस्थामा ३ बर्ष कार्यबाहक अध्यक्ष पदमा बसेर पनि कार्य सम्पादन गरिसकेको  छु। यो समय अवधि  भित्र मैले अध्यक्ष ज्यूको नजिकको सकृय सहयोगी भएर पनि काम गरे ।  वन ब्यबस्थापन  उप समितिको संयोजक भएर हामीले  समूहको तर्फबाट वनको ब्यबस्थापन संरक्षण र सदुपयोग गर्ने कार्य साथै पर्या पर्यटन सिमसार ब्यस्थापन र केही बिकास निर्माणका कार्यहरू र गरिबी निवारणका  कार्यक्रमहरु सन्चाल गर्ने कार्यमा पनि अग्रसर भएर काम गरे। कार्यवाहक अध्यक्षको समयमा वनको कार्य योजना तथा सिमसार कार्ययोजना र  शान्ति भुल्के सिमसारको  गुरु योजनालाई  डिभिजन वन कार्यलयबाट स्वीकृत गराएर  ल्याउने काम पनि सम्पन्न गरेको छु । समय समयमा समूह  बिरोधी ब्यक्ति  समूहहरुले दुख दिने नियतले अख्तियार  दुरुपयोग अनुसन्धान आयोग, डिभिजन वन कार्यलय, सब डिभिजन बन कार्यालय  लगायतमा अनावश्यक  प्रमाण  बिना  बेनामे  उजुरी  हाली आएको  मुद्दाको प्रतिवाद  गर्दै,  अनुसन्धानमा सहयोग गर्दै, समूहको हितको लागि प्रमाणहरु  जुटाउदै, समूहको जितको पक्षमा  निर्णय  तयार पार्ने  कार्यको नेतृत्व  गरेको  छु।  हाल संघीय वन नियमावली २०७९ अनुरुप बिधान संसोधन पनि अनिवार्य  गर्नु पर्ने  भएको  हुदा  गएको साधारणसभाले  मेरो  नेतृत्वमा ११ सदस्यीय  बिधान  निर्माण  गर्ने,  मस्यौदा समिति तयारी  गरि  जिम्मेवारी पाएको  कार्य पनि  विभिन्न  चरणमा  मिटिङ बैठक  र छलफल  तथा  अन्तरक्रियाहरु गर्दै  नया संसोधित  बिधान लेखनको कार्य पनि  सम्पन्न भै सकेको छ । जुन यो  साधारणसभाबाट पास गरि स्थानीय  निकाय र  सव डिभिजन वन कार्यालयको सिफारिससहित डिभिजन  वन कार्यलयबाट  स्वीकृत गर्न बाकी रहेको छ । समूह र उपभोक्ताको हितको लागि  बिधान  र कार्ययोजनाको परिधिभित्र  रहि  कार्य समितिले दिएको धेरै जिम्मेवारीहरु पनि  सकृयपूर्वक  सम्हालेर  उपलब्धिमूलक ढंगबाट  सम्पन्न  गरिसकेको  छु।
तपाईंले अध्यक्ष पदमा उम्मेदवारको घोषणा गर्नु भएको हो?
हो । हाम्रो शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे १ मोरङको १५ औ चुनावी साधारणसभा हुदैछ । खुल्ला र बन्द सत्र  कार्यक्रम  २०८० मंसिर  १६ गते तय गरिएको छ ।  मतदान कार्यक्रम मङ्सिर  २३ गते शनिवार  हुदैछ । अध्यक्ष पदको प्रत्यासीको रुपमा उम्मेदवारी मनोनयन  गर्ने  गरि अध्यक्ष पदमा उम्मेदवारको घोषणा  गरेको हो।
उम्मेदवारीको घोषणा त गर्नुभयो । तपाईंलाई किन अध्यक्षमा उपभोक्ताहरुले चुन्ने? खास कारण छ कि ?
अब किन  भन्नू र ?  सक्षमता, अनुभवी, इमान्दारिता, विश्वसनीयता, पारदर्शिता, दुरदर्शिता प्रगतिशील बिचार, बिकासप्रेम, मेहनत लगायतको कुरा आउँछ । अब यी कुराहरु, म मा  मात्रै  छ भन्दिन, घमण्ड पनि गर्दिन । सबै जना सङग ती गुण हुन हुन्छ । तर तेति भित्र पनि को को लाई अगाडि बढाउने ? मान्ने त्यो जिम्मा मतदाता  उपभोक्ता ज्युहरुमा नै छ। रहयो कुरा मेरो । २०७१ सालदेखि  हालसम्म ९ बर्षको समय अवधि  भित्र उपाध्यक्ष हुँदै कार्यवहाक अध्यक्ष  पदमा बसेर निरन्तर अग्रपंक्तिमा रहेर उपभोक्ताहरुसङग काम गर्दैआएको  हुदा  प्राय  मेरो  आदत बानी  ब्यहोरा स्वभाव बिचार लवाइ खुवाइ बोली वचन अनुसाशन सबै प्राय धेरै  उपभोक्ता  हरुलाई थाहा  नै छ । त्यहि कारण म यस्तो उस्तो भन्नू भन्दा वहाँहरु आफै  जानकार हुनुहुन्छ भन्ने लाग्छ मलाई । समय गतिशील  छ, हुन्छ । हिजो हामी आउनु भन्दा अगाडि  समूह  लथालिङ्ग  थियोे । २०७१ देखि २०७६ सम्म आउदा वन हस्तान्तरण,  सिमसार  निर्माण लगायतको कार्यहरुमा धेरै  बिकास र प्रगति अनि व्यवस्थित भयो।  २०७६ देखि हालसम्म आउदा अझ धेरै  ब्यवस्थित र  बिकास भएको  छ । हाम्रो  कार्यालयको ब्यस्थापन, लेखा पद्धतिहरु अझै  विकसित  रुपमा  डिजिटल  कम्प्युटराइज  पद्धतिमा  लानु पर्नेछ ।  हाम्रो शान्ति  भुल्के  सिमसारको पर्या पर्यटन  भित्रको गुरु योजनामा भएको   योजनाहरु  अझ  धेरै  पूरा गर्न  बाकी रहेको छ  ।  हाम्रो सिमसार पर्यटनसङसङगै धार्मिक पर्यटनको आधार, विभिन्न मठ मन्दिर गुम्बा  साकेलालगायत  स्थलहरु छन । ती सबैलाई समेटी धार्मिकसहितको पर्या पर्यटनको रुपमा  बिकास  गराउने  कार्यहरु र वन बिकास  संरक्षण सम्बर्द्धनको काम हिजो भन्दा अझ गतिशील रुप दिन, बिकास  निर्माण र  गरिबी निवारणका कामहरु  सशक्त रूपमा अगाडि  बढाउनुको लागि  पनि उपभोक्ताज्युहरुले मलाई चुन्नु हुन्छ भन्ने लागेको छ।
तपाईंको चुनावी एजेन्डा चुनावमा मात्रै त सिमित हुदैन?
हुदैन । म हुन दिदिन । यो चाइ मैले  गर्ने  प्रतिवद्ता, प्रण भएको  हुदा  म बिजयी भए पश्चात् आफ्नो  बोलेको कुरा पूरा गर्ने  तर्फ  लाग्नेछु । यदि गर्दा गर्दै  सकिन । नीति नियम ऐन, नियमावली,  बिधान, कार्ययोजना निर्देशिका र  समूहले  निर्णय  गरेको बैधानिक  निर्णयहरु  हुदा हुँदै  कुनै तत्वहरुले अवरोध  गरि कार्य अगाडि  बढाउन दिइएन भने आम उपभोक्ताहरु समक्ष आउनेछु । वहाँहरु कै साथमा कार्य पूरा गर्नेछु।

अन्तर्वार्ताकार: फिपराज बेघा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार