अवरुद्ध मनमोहन गान्धी मार्ग खुल्यो

शनिश्चरे(मोरङ) । शनिश्चरे शिवीर-दोहमना-रङ्गेली जोडने मनमोहन गान्धी मार्ग बिहिवारदेखि खुलेको छ ।

स्थानीयबासी, वडा जनप्रतिनिधि, कान्छाराम कम्पनीलगायतसङ्ग ४ बुदे सहमति भएपछि ३ देखि अवरुद्ध मार्ग खुलेको हो । धुलो नियन्त्रणको लागि पानी लगाउने, मङ्सिर १६ बाट खाल्डाखुल्डी पुर्ने, मङ्सिर २० गतेबाट निर्माण कार्य पूर्ण रूपमा अगाडि बढाउनेलगायत सहमति भएको छ । निर्माण कम्पनी प्रतिनिधि दिपक थिङ तामाङ, पथरी शनिश्चरे ८ का वडा अध्यक्ष नवीन कार्की, ४ का अध्यक्ष लोककिरण न्यौपाने, ९ का अध्यक्ष वीर बहादुर राई, संघर्ष समितिका संयोजक बिरेन्द्र गुरुङलगायतको रोहवरमा सहमति भएको हो । पटक पटक चेतावनी दिदा सुनुवाइ नभएपछि मंगलबार विहानदेखि पथरी शनिश्चरे ९ स्थित महेन्द्र चोक, रिगुवा, शनिश्चरे बजारमा स्थानीयबासीले ढाट र ढुङ्गाहरु राखेर सडक अवरोध गरेका थिए ।संघर्ष समितिले कान्छाराम कम्पनीले सडक निर्माण सुरु नगरेसम्म बन्द नखोल्ने र चरणबद्व आन्दोलन गर्ने भन्दै आन्दोलन गर्दै आएका थियो ।

गान्धी मार्गले मोरङको पथरी शनिश्चरे नगरपालिका, सुनवर्षी नगरपालिका र रङ्गेली नगरपालिका जोडछ । बाटोको चौडाइ ६० फिट र लम्बाइ २५ किलोमिटर भन्दा बढी छ ।  विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको थिएन । कान्छाराम कन्ट्रक्सनले भने हालसम्म करिब रु २७ करोड रकम लगिसकेको हुलाकी राजमार्ग निर्देशानलय इटहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार