पथरी । मोरङको पथरी शनिश्चरेमा आखा तथा कानको उपचार आइतबारदेखि सुरु भएको छ ।
पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएपछि उपचार सुरु भएको हो । पथरी शनिश्चरे नगरपालिका तथा विराटनगर आँखा अस्पतालको साझेदारी कार्यक्रम अन्तर्गत पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर आँखा अस्पतालका अध्यक्ष तथा पूर्व मन्त्री पदमनारायण चौधरी र नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संयुक्त रुपमा रिबन काटेर केन्द्रको उद्घाटन गरेका हुन् ।

नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा वडा नं. २ वडाध्यक्ष नैना राई, विराटनगर आँखा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. रक्षा पन्त, संविधानसभा सदस्य चण्डीप्रसाद राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर),नेपाली कांग्रेसका नगर सभापति रुपनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


224 पटक हेरिएको 












