शनिश्चरे शिविर । परोपकारी संस्था सेजल एण्ड सिस्टरले सोमबार पथरी शनिश्चरे शिविरमा न्यानो कम्बल वितरण गरेको छ ।
शिविरमा वस्ती व्यवस्थापन समिति (एसएमसी) को रोहबरमा सेजल एण्ड सिस्टरका सीईओ मेघराज सुवेदीसहितको टोलीले शिविरका सबै ५ सय घरपरिवारलाई कम्बल वितरण गरेको हो । सुवेदी भन्छन् –‘यही शिविरबाट सन २००८ सालमा पलायन भएको हो। हजुरहरुनै आफन्त हो। आफन्तहरु जाडोले कक्रिनुहुन्छ कि भनेर माया लागेर पनि कम्बल वितरण गरेको हो।´एसएमसी शनिश्चरे शिविरका कर्ण बहादुर राईले कम्बल वितरण कार्यक्रमले शिविरबासीमा राहतको महसुस गरेको बताएका छन् । कार्यक्रममा नायक सन्जित भण्डारी, कलाकार सम्रान्त (राजु ) थापा, सिजल एण्ड सिस्टरका प्रतिनिधि तुलसी कार्की, सपना श्रेस्ठ, समाजसेवीद्वय अभि अधिकारी, यशोदा कट्वाल, कलाकार निर्देशक जिवन बराल, सुमन कुइकेल, बेलडागी क्याम्प सचिव सन्चहाङ्ग सुब्बालगायतको उपस्थिति रहेकोे थियो ।
अमेरिकाबाट झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर आइपुगेका सेजल एण्ड सिस्टर अमेरिकाका तर्फबाट यस अघि बिहीबार शिविरका मानिसहरुलाई न्यानो कम्बल वितरण गरेका थिए । बेलडाँगीमा एसएमसीको रोहबरमा सेजल एण्ड सिस्टरका सीईओ मेघराज सुवेदीसहितको टोलीले १५ सय घरपरिवारलाई जाडोबाट बच्न न्यायो कम्बल बितरण गरेको थियो । अमेरिकाको पेन्सिल्वेनियाको पिट्सबर्क बस्दै आएका सुवेदीका अनुसार ३० लाख बढीको लागतमा खरिद गरेर कम्बल वितरण गरेको हो । ‘बिगत ६ वर्षदेखि छोरी सेजलले जम्मा गरेको खुत्रुके बचतको समेत रकम यो सहयोगमा मिसाएका छौँ । उनको यस कार्यमा २० प्रतिशत योगदान छ । उनी अहिले ११ वर्षकी भइन्’, सुवेदीले भने । सेजल एण्ड सिस्टरको संस्थापक भने आफ्नी श्रीमती मेग सुवेदी रहेको उनले जानकारी दिए ।


159 पटक हेरिएको 




