शान्ति बनको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी

  फिपराज बेघा  141 पटक हेरिएको

पथरी ।  शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेको नेतृत्वमा ४ जना आकाङ्क्षी देखिएका छन् । १५ औं चुनावी साधारणसभाको निर्वाचन मंसिर २३ गते नजिकिदै गर्दा अध्यक्षमा चारले उम्मेदवारी दिएका छन् ।

हेमभक्त गुरुङ, पूर्णबहादुर तामाङ (पाखृन), ईन्द्रबहादुर राई (आईबी) र कुलबहादुर गुरुङ (कुलमणि) को उमेद्वारी परेको छ । हेमभक्तले कार्यबाहक अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी समालिसकेका छन् । कुलमणिले कोषाध्यक्ष र सदस्य भएर काम गरिसकेका छन् । अर्का दुई प्रत्यासी पुर्ण र इन्द्रले सदस्य भएर कार्यकाल बिताएका छन् । निर्वाचनमा कुलमणि र इन्द्रले छुट्टाछुट्टै प्यालन बनाएर होमिएका छन् । उपाध्यक्षको लागि नवराज मिश्र, सुनमाया घिसिङ्ग (तारा), गोपाल तामाङ (पुन्य), तकबीर लिम्बू र अटल बहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् । सचिवको लागि अनिता थापा, दानबहादुर बोहोरा, सह–सचिवमा, केदार श्रेष्ठ, सीता धिमाल, कोषाध्यक्ष पदमा सुभद्रा निरौला खत्री (विष्ट) र रोमान्सी गुरुङ्ग धिमालको मनोनयन दर्ता भएको छ ।
चार खुल्ला सदस्यको लागि १२ जनाको उमेद्वारी परेको छ । खुल्ला सदस्यमा मिलन राई, चित्रकला राई, सोमराज राई, सुमन कार्की, सन्तोष गुरुङ, काजीमान विश्वकर्मा (खाती), अमित बहादुर लिम्बू, गंगा बहादुर तामाङ (सार्क), थमान सिं दर्जी, चिरिन्जबि कार्की, टेकबहादुर श्रेष्ठ र हरिमाया गुरागाई प्रसाई रहेका छन् । महिला सदस्य दिलकुमारी लिम्बू केदेम, अम्बिका लिम्बू, गोमा खड्का, बन्दना कट्टेल, जानुका देवि दाहाल (ढकाल)र सरिता राई (फोम्बो) रहेका छन् । लेखा समिति संयोजकमा राजेन्द्र भण्डारी, सदस्यहरुमा जोन सुब्बा र ईन्दिरा दर्जीको मात्र उमेद्वारी परेको छ । त्यसैगरी अनुगमन समितिको संयोजकमा कोषबहादुर विष्ट (केशव), ठाकुर प्रसाद लिम्बु (रोशन) र हिराकुमारी राईले मनोनयन गरेको छ ।

उम्मेदवार मध्ये विधानअनुसार मेजर पाँच र खुल्ला चार, महिला चार सदस्य गरी जम्मा १३ जना कार्यसमिति निर्वाचित हुनेछन् । लेखा र अनुगमन समितिमा एक संयोजक र दुई सदस्य निर्बाचित हुने प्राबधान छ । १३ सदस्यीय कार्य समितिको लागि ३४, ३/३ सदस्यीय लेखा र अनुगमन समितिको लागि ६ जनाको उम्मेदवारी परेको छ। शान्तिको एक हजार २६९ उपभोक्ता रहेको शान्तिको १७८.९२ हेक्टर क्षेत्रफल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार