कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका-७ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मंगलवार कानेपोखरी चोकमा बा. ३ च १६५ नम्बरको बोलेरो पिकअपले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०५-००१ प ६५६१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक सप्त्तरीका १८ बर्षीय कृष्ण देब चौधरीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सोही मोटरसाईकलमा पछाडी सवार १८ बर्षीय श्यामनन्द चौधरी र बिशाल चौधरीको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न पिकअप र चालक सप्तरीका ३४ बर्षीय बिनोद शर्मालाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको छ ।


74 पटक हेरिएको 












