बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालयको पुष २४ गतेको निर्णयअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट प्रदेश प्रहरी कार्यालयमा सरुवा भई हाजिर भएका प्रहरी नायव महानिरीक्ष खापुङले आजै कार्यभार सम्मालेका छन् । उनले प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्वेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिई जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए । कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


98 पटक हेरिएको 








