बिराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मा को. १ ख ७८३५ नम्बरको बसले प्रदेश १-०१-००२ ह ११४८ नम्बरको सिटी सफारी ठक्कर दिएको छ । ठक्करबाट घाईते भएकी सफारीमा सवार पथरी शनिश्चरे-२ बस्ने ८० बर्षीया हस्तमाया गुरुंङको ट्रमा सेन्टर अस्पताल मंगलवारेमा उपचारको क्रममा मृत्यु भएको हो । सुन्दर हरैचा नगरपालिका-८ मा प्रदेश १-०१-००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १-०२-०४६ प २५२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएको छ । ठिकिएर मोटरसाईकल चालक बेलवारी नगरपालिका-२ का २२ बर्षीय रुपक घिमिरेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी तेह्रथुमको लालिगुराँस नगरपालिका-७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काँडेबाट लसुने तर्फ जाँदै गरेको रोड कन्ट्रक्सन काँडेको टिपर आफै अनियन्त्रीत भई दुर्घटना भएको र उक्त दुर्घटनामा परी कन्ट्रक्सनमा कार्यरत मेचीनगर नगरपालिका-१५ का २३ बर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ बर्षीय साजु श्रेष्ठको बसन्तपुर प्राथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।


111 पटक हेरिएको 








