पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा शुक्रबार सकिएको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको सभामा विभिन्न प्रतिबेदन पास गरिएको छ । उप–प्रमुख देविमाया काफ्लेद्वारा संसोधित बजेट प्रस्तुत, नगर प्रवक्ता नविन कार्कीबाट अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण, विधायन समिति संयोजक नैना राईद्वारा नगर प्रहरी सम्वन्धी ऐन २०८० र साझेदारी सम्वन्धी ऐन २०८० प्रस्तुत, लेखा समिति संयोजक भीमकुमार राईद्वारा लेखा सुपरीवेक्षण सम्वन्धी प्रस्तुतिकरण र न्यायिक समिति सदस्य पदम धिमालद्वारा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

१४ औं नगरसभाले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत् जानकारी गराउने प्रवक्ता नविन कार्कीले जानकारी दिए ।


94 पटक हेरिएको 








