नगर उप–प्रमुख काफ्लेद्वारा न्यानो कपडा वितरण

 77 पटक हेरिएको

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देवीमाया काफ्लेको जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरेकी छिन् ।
आइतबार अत्याधिक जाडो बढेसँगै उप–प्रमुख काफ्लेले नगरका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् ।  पथरी शनिश्चरे–६ र ८ का विपन्न १६ घर परिवारलाई न्यानो ब्लाङकेट र २२ जना साना नानीहरुलाई न्यानो कपडा वितरण गरिन् ।
उप–प्रमुख काफ्लेले केही हप्तादेखि सुरु भएको सितलहरको कारण तराई क्षेत्रमा निक्कै जनजीवन अस्तव्यस्त भएकाले कपडा बितरण गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार