धिमाल जातीय विकास केन्द्रको ७ औं  राष्ट्रिय महाधिबेसन:अध्यक्षमा अम्बर निर्वाचित

पथरी । उर्लाबारी, माेरङमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिकाे ७ औं  राष्ट्रिय महाधिबेसनकाे निर्वाचन माघ ८ गते साेमबार सम्पन्न भयो ।
निर्वाचनले अध्यक्ष अम्बर बहादुर धिमाल, सह -अध्यक्ष  केदार धिमाल, उपाध्यक्ष  गिरिराज धिमाल, चार उपाध्यक्ष व्रत बहादुर धिमाल, शान्ति धिमाल, रूकमिणी धिमाल, महिला उपाध्यक्ष गंगामाया धिमाल, महासचिव मात्रिका धिमाल, सचिव अजित कुमार धिमाल, महिला सचिव राेमान्सी धिमाल र काेषाध्यक्ष रत्न बहादुर धिमाल निर्वाचित गरेको छ ।
त्यस्तै  खाेज तथा अनुसन्धान बिभाग प्रमुख माेहन कुमार धिमाल,
न्याय तथा अनुशासन बिभाग प्रमुख  श्री प्रसाद धिमाल, परियाेजना विभाग प्रमुख तारीलाल, सहकारी विभाग प्रमुख  प्रथम धिमाल,  प्रशिक्षण तथा संगठन प्रमुख  नारायण राजदाेङगे र महिला तथा बाल बालिका प्रमुख  पम्फा धिमाललाई निर्वाचित भएका छन् ।
महाधिवेशनले केन्द्रीय सदस्यहरू मनाेज धिमाल, मिनु धिमाल, जय बहादुर धिमाल, राधिका धिमाल, शंकर धिमाल, पित बहादुर, सविता धिमाल, टेकमाया, सावित्रा धिमाल, बुद्धि माया, लेखलाल, दिपेन्द्र, शिव प्रसाद, पुष्पा, हरिलाल, विष्णु धिमाल, प्रतिमान, भुवन धिमाल, रतनीमाया, लाल बहादुर,नारायण धिमाल र फुलकुमारी धिमाललाई निर्वाचित गर्‍यो ।

राष्ट्रिय सभाको सभामुखमा लोक बहादुर धिमाल,उप सभामुखमा कविन्द धिमाल र सचिवमा मणिराज धिमाल निर्वाचित भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार