शनिश्चरे । १० लाखमा बनेको चमेना गृह सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेलाई हस्तान्तरण गरिएको छ । बिहीबार बन भित्र निर्मित एभेङ लिम्बू परिवारले आफन्तको नाममा निर्माण गरेको सामुदायिक चमेना गृह हस्तान्तरण गरेको हो ।
मोरङ उर्लाबारी नगरपालिका ९ का धन बहादुर एभेङ लिम्बूको स्मृतिमा बनेको चमेना गृह पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले रिवन काटेर उद्घाटन गरे । भवन उद्घाटन पश्चात नगर प्रमुख मोहन तुम्बापोले निर्माण गर्ने एभेङ लिम्बू परिवारलाई धन्यावाद दिदै सामाजिक कार्य गर्नु सम्पति भएर मात्र नहुने मन चाहिने बताए । कार्यक्रममा बनका सल्लाहकार डा.डम्बर सङ्बाहाङफे, १० नं. वडा अध्यक्ष जीवन खतिवडा लगायतले शुभकामना दिएका थिए ।
सोही अवसरमा बनले सिरिजङ्गा वनले चमेना गृह निर्माण कर्ताहरुलाई सम्मान गरेका थिए । धन बहादुरका श्रीमती सन्चरानी एभेङ लिम्बू , छोरा राम एभेङ लिम्बू, छोरीहरु जयकला साम्बा लिम्बू, रुपा एभेङ लिम्बू, ज्वाइ मानबहादुर साम्बा लिम्बूलगायतले चमेना गृह निर्माण गरेका हुन् ।


127 पटक हेरिएको 








