पथरी । मोरङको पथरीशनिश्चरे नगरका क्षयरोगीहरुलाई नेपाल मेडिकल ट्रष्ट (बी.एन.एम.टी)ले बिहिवार निःशुल्क खाद्य समाग्री वितरण गरेको छ ।
स्वास्थ्य सम्वन्धी कार्यक्रमपछि नगरमा रहेका १४ जना क्षयरोगीलाई २५ किलो चमाल, दाल, तेल, चना, पिठो र सोयविनको सेट वितरण गरिएको हो । खाद्यान्न ६ महिनासम्म निरन्तर वितरण गरिने बीएनएमटीका कार्यक्रम संयोजक पुनम बिष्टले जानकारी दिए।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका निम्न वर्गीय परिवारमा बढी क्षयरोगी देखिने गरेकोले पोष्टिक आहारको रुपमा खाद्यन्न जिल्लाभरि नै वितरण गरिने बताइएको छ ।
खाद्य सामाग्री वितरण अघि पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको प्रमुख आतिथ्यतामा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा क्षयरोग बारे जानकारी गराइएको थियो । स्वास्थ्य कार्यालय मोरङको सरुवा रोग सम्बन्धी फोकल पर्सन मुलुकचन्द्रसिंह राजवंशी, पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्य, स्वास्थ्यकर्मी जगत मगरले क्षयरोग यसका लक्षण र सर्ने तरिकाहरु बारे जानकारी दिएका थिए ।
नगरपालिका हुनुअघि पथरी गाविस छुट्टै हुँदा १ सय ३ जना क्षयरोगी रहेको, तीन वटा गाबिस मिलेर नगरपालिका हुँदा एक वर्ष अघि ३६ जना विरामी रहेको तथ्याङ्क नगरका स्वास्थ्य प्रमुख मुरारी आचार्यले जानकारी दिए ।


142 पटक हेरिएको 








