नगर खेलकुद महोत्सव: पुरुष फुटबलको उपाधि सिरिजङ्गाद्वारा रक्षा

  फिपराज बेघा  148 पटक हेरिएको

पथरी ।`पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि सिरिजंगा एफ.सी.ले चुमेको छ ।

सोमबार भएको फाइनल खेल स्पर्धी नाजारिन युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलो हापको २ मिनेटमै हेडमार्फत गोल संयोग थापाले गरे । सोही गोल जितेको लागि पर्याप्त रहन गयो । सुरुवातदेखि नै सिरिजङ्गाले विपक्षी नाजरिनलाई दबाबमा राख्न सफल भयो । नाजारिनले देविगन्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।सिरिजंगाले भने  युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। विजयी सिरिजङ्गाले १ लाख, उप विजेता नाजरिनले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर प्राप्त गर्‍यो ।

नगरमा दर्ता भएका १० टिमले सहभागीता जनाएको खेल जातेमोडमा माघ ६ गते सुरु भएको थियो ।  खेलको आयोजना पथरी शनिश्चरे नगर खेलकुद विकास समितिले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार