सिमसार आर्थिक पार्जनको अवसर हो: मन्त्री उप्रेती

पथरी । पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले सिमसार बाधक नभएर आर्थिक पार्जनको अवसर रहेकोे बताएका छन् ।

शुक्रबार सिमसार दिवसको अवसरमा शान्ति भुल्के सिमसार पथरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उप्रेतीले सो कुरा बताएका हुन् । उनले भने, `सिमसार बाधक मात्र होइन, यो आर्थिक पार्जनको अवसर पनि हो ।´ जलवायु परिवर्तनले पैदा गरेको संकटलाई टार्नको लागि वातावरण सन्तुलन राख्नको लागि सबैले आआफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्नेमा मन्त्री उप्रेतीले जोड दिए । मन्त्री उप्रेतीले वातावरण सन्तुलन राख्दै पर्यटन बिकासमा ठुलो योगदान पुर्‍याएकोमा प्रसंशा गर्दै बनको भौतिक बिकासमा गर्ने बताए ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो, डिभिजन बन कार्यालय झापाका अध्यक्ष मेघराज राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरे, एकीकृत समाजबादीका नगर अध्यक्ष तुलसी ढकाललगायतते शुभकामना मन्तव्य राखेका थिए । डिभिजन बन कार्यालय मोरङ र शान्ति सामुदायिक बन उपभोक्ता समूहको आयोजना कार्यक्रम भएको हो । बनका अध्यक्ष कुलमणि गुरुङको अध्यक्षता कार्यक्रम भएको हो । सो अवसरमा  पेन्टिङ प्रतियोगिता पनि भएको थियो ।  १५ जना स्पर्धीलाई उछिन्दै जनता माबिकी प्रकृति गिरी प्रथम भइन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार