पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे वडा नं. २ का अति विपन्नहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् ।
सोमबार वडा नं. २ का ९ जनालाई सिरक, न्यानो कपडा वितरण गरेकी हुन् । न्यानो कपडा वितरण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा सदस्य एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।


83 पटक हेरिएको 








