सवारी दुर्घटना १ जनाको मृत्यु

नेता चोक । मोरङको ग्रामथान गाउँपालिका-५ को भित्री सडक खण्डमा सोमवार साँझ स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा, पैदल यात्री स्थानीय ६५ बर्षीया हशनी देवी चौधरीको मृत्यु भएको छ । हरैचाबाट बिराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले अचानक ठक्कर दिंदा घाईते भएकी चौधरीको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर चालक ग्रामथान गाउँपालिका-७ का ३१ बर्षीय भाईराजा सरदार समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार