पथरी । मुन्धुमी चुम्लुङ्ले गत माघ १३ गतेदेखि १५ गतेसम्म आयोजित येले मेलाको हरहिसाब सार्वजनिक गरेको छ ।
शनिबार मेला स्थल पथरी शनिश्चरे ३ सुन्दरी चोकमा आयोजित कार्यक्रममा ३ लाख ६६ हजार बराबरको आय ब्यय सार्वजनिक गरेको हो । माघ १९ गते बसेको बैठकले `धार्मिक तथा सास्कृतिक येले मेला-५०८४´ को पूर्व मन्त्री देब गुरुङ्को प्रमुख आतिथ्यमा समुदघाटन गरिएको थियो । ३ लाख ६४ हजारको आय भएको, ३ लाख ६६ हजार बराबरको व्यय भएको र २ हजार घाटा भएको चुम्लुङ्का अध्यक्ष किसान सिं लिम्बुले वताएको छ । कार्यक्रममा पथरी शनिश्चरे ३ का वडा अध्यक्ष विजय आङ्बुङ, चुम्लुङ्का सस्थापक राजकुमार पालुङ्वाले मेला र मेलाको आयव्यय बारेमा बोलेका थिए ।
ए येस्तो छ, सर हिसाब-



148 पटक हेरिएको 








